हाम्रो मिशन

ध्येय र मूल्य

क) ध्येय (Mission) : सार्वजनिक खर्च तथा राजस्व व्यवस्थापनमा पारदर्शिता, शुद्धता र उत्तरदायित्व कायम गर्दै वित्तीय अनुशासन सुदृढ गर्ने।  सूचना-प्रविधि आधारित स्मार्ट सेवा प्रवाह गरी नागरिक, कर्मचारी र सरकारी संस्थालाई छिटो–छरितो सेवा दिने।  बजेट कार्यान्वयन, भुक्तानी, लेखा परीक्षण तथा प्रतिवेदनमा गुणस्तर, समयमै उपलब्धता र पूर्णता सुनिश्चित गर्ने।  संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूसँग सहकार्य, समन्वय र सेवा–एकीकृत प्रणाली विकास गर्ने।   वित्तीय अनियमितता, जोखिम र कमजोरीलाई न्युनीकरण गरी विश्वसनीय, सुरक्षित र उत्तरदायी सार्वजनिक कोष नियमन कायम गर्न।   ख) मूल्यहरु (Values): इमानदारी (Honesty) स्वच्छता (Fariness) वस्तुनिष्ठता (Objectivity) आर्थिक अनुशासन (Fiscal Discipline) पेसागत उत्कृष्टता (Professional excellence)